काठमाडौँको एक खाजा पसलमा ग्यास लिक भएर आगलागी (फोटो फिचरसहित) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

काठमाडौँको एक खाजा पसलमा ग्यास लिक भएर आगलागी (फोटो फिचरसहित)

Share This
२६ जेठ । काठमाडौँको बुद्ध नगरस्थित एक चिया तथा खाजा पसलमा आगलागी भएको छ ।

आज विहान करीब ७ बजे चिया तथा खाजा पकाई रहेको अवस्थामा ग्यासको सिलिण्डर लिक भएर आगलागी भएको हो । ग्यास लिक भएर पसलमा आगो लागे पनि ग्यासको सिलिण्डर पड्केन र ठूलो क्षति हुनबाट जोगियो । स्थानीयबासी तथा दमकल समय मै आई पुगेका कारण आगो चाडै नियन्त्रणमा आयो ।

आगलागीबाट पसलमा भएका समान फ्रिज, टेबल, कुर्ची, खाजाका लागी बनाइएका विभिन्न परिकार र पसलमा भएका अन्य खाद्य समाग्री जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट करीब ७ लाख बराबरको क्षति भएको चिया पसलका मालिकले दाबी गरेका छन् । तर क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।
आगलागी र आगो नियन्त्रणको प्रयासका फोटोहरु










No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here