३१ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता अन्र्तगत गएराति भएको खेलमा श्रीलंका बिजयी भएको छ । श्रीलंकन ब्याट्सम्यान कुमार संगाकाराले १ सय ३४ रनको सतकिए पारी खलेपछि घरेलु टोली इंग्ल्याण्डले ७ विकेटको हार बेहोर्न बाध्या भयो ।
४७ दशमलब १ ओभरमा इंग्ल्याण्डले प्रस्तुत गरेको २ सय ९४ रनको लक्ष्य पछ्याउने क्रममा नुअन कुलसेखराले ५८ , तिलकरत्ने दिलशानले ४४, तथा महेला जयर्वदनेले ४२ रन जोडेका थिए । सानदार पारी खेलेका कुमार संगाकाराले १ सय ३५ बलमा १२ चौकाको मद्धतले १ सय ३४ रन जोड्दै टिमलाई प्रतियोगितामा पहिलो जित दिलाए ।
यसअघि टस हारेर ब्याटिङ थालेको घरेलु टोली इंग्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ९३ रनको योगफल तयार पारेको थियो । इंग्ल्याण्डको लागी जोनाथन ट्रटले ७६, जोइ रुटले ६८ तथा कप्तान एलिस्टर कुकले ५८ रन जोडेका थिए । बलिङ तर्फ श्रीलंकाका लसित मलिङगा, समिनाद इरङगा र रंगना हेराथले समान २–२ विकेट हात पारे ।
जित सगै समुह एमा रहेको श्रीलंकाले २ अंक जोडेको छ । यस्तै, २ खेलमा ३ अंक बनाउदै न्युलिल्याण्ड समुह एको शिर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्र्तगत आज हुने समुह बिको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्नेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment