त्रिपुरेश्वर आँखा अस्पतालको भवन प्रयोग गर्न पाउनु पर्ने गुठी संस्थानको माग - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

त्रिपुरेश्वर आँखा अस्पतालको भवन प्रयोग गर्न पाउनु पर्ने गुठी संस्थानको माग

Share This
१६ असार । गुठी संस्थानका कर्मचारीहरूले काठमाडौंको त्रिपुरेश्वरस्थित आखाँ अस्पतालले प्रयोग गर्दै आएको भवन आफूहरूले उपयोग गर्न पाउनुपर्ने माग गरेका छन् ।
उनीहरूले आँखा अस्पतालको आफ्नै भवन बनिसकेकोले बिगतमा प्रयोग गर्न दिइएको संस्थानको भवन उपयोग गर्न पाउनुपर्ने माग गरेका हुन् ।

उनीहरूले अस्पतालले भवन निर्माण गरेपछि गुठीको भवनमा अस्पतालका कर्मचारीले आश्रयस्थल बनाएको भन्दै विरोध जनाएका छन् । गुठी संस्थानको भवनमा धर्ना दिन गएका कर्मचारीहरूले गुठीको भवन खाली गर्न पटक–पटक आग्रह गरेपनि नमानेको गुनासो गरेका छन् ।

२०५६ सालमा अस्पताल र गुठी संस्थानबीच केही समयका लागि संस्थानको भवन अस्पताललाई दिने सम्झौता भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here