बाढीका कारण भारतमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो

८ असार । भारतको उत्तराखण्डमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय नाघेको छ ।

मृतकहरूको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । बाढीले सबैभन्दा बढी केदारनाथमा धनजनको क्षति भएको छ । केदारनाथको मुख्य मन्दिर बाहेक सम्पूर्ण भाग बाढीले बगाएको छ ।

उत्तराखण्डका विभिन्न क्षेत्रमा ४० हजारभन्दा बढी मानिस अझै अलपत्र परेका छन् । उत्तराखण्डको केदारनाथ तथा गुप्तकाशी क्षेत्रमा सबैभन्दा बढी मानिस फसेका छन् । अहिलेसम्म ३३ हजार मानिसलाई उद्धार गरिसकिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सेनाले हालसम्मकै ठूलो उद्दार कार्य जारी राखेको छ । उद्दारका लागि १० हजार भन्दाबढी सैनिक र २८ भन्दा बढी हेलिकोप्टर परिचालन गरिएको छ । भारतको केन्द्रीय सरकारले बाढी प्रभावित उत्तराखण्ड राज्यलाई १० अर्ब रूपैयाँ राहत सहयोग दिने घोषणा गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...