कमलरीमाथि भएको प्रहरी दमनको मानवअधिकार आयोगबाट ध्यानाकर्षण

२० जेठ । काठमाडौंमा आइतबार कमलरी अभियन्ताहरूमाथि प्रहरीले गरेको ज्यादतीलाई लिएर मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ ।
आयोगले विज्ञप्ति निकालेर कमलरी प्रथा उन्मूलन संयुक्त संघर्ष समितिका अभियन्ता र प्रहरीबीचको झडपका क्रममा नियन्त्रणमा लिइएकाहरूलाई रिहा गर्न माग गरेको छ । त्यस्तै, घाइतेहरूको उपचारको व्यवस्था मिलाउन र संवादको माध्यमबाट कमलरीका माग सम्बोधन गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ । यसका साथै प्रदर्शनस्थलमा महिला प्रहरी वृद्धि गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

यसअघि, कमलरीहरुले आइतबार सिंहदरबार अगाडी गरेको धर्नामा प्रहरीसँग भएको झडपमा आठ कमलरी घाइते भएका थिए । विभिन्न समयमा कमलरीहरूको हत्या–हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कमलरी अभियन्ताहरू सिंहदबार प्रवेश गर्न खोजेपछि झडप भएको थियो ।


सामान्यतया महिलाको अन्दोलनमा पुरुष प्रहरीले हस्तक्षेप गर्दैनन् । तर, आइतबार कमलरीको ¥यालीमा पुरुष प्रहरीले हस्तक्षेप गरे । यो घम्साघम्सीमा केही कमलरी घाइते भएका छन् । कमलरीहरूलाई प्रहरीले लडेको ठाउँमै बुट बजारेर अमानवीय व्यवहार गरेको थियो ।

महिला प्रहरीलाई अघि सारिए पनि पछाडि बसेका पुरुष प्रहरीहरूले कमलरीलाई लात्ती हानिरहेका थिए । कानुन र मानवअधिकारको रक्षाका लागि खटिने प्रहरीबाटै महिलामाथि भएको यस्तो दुव्र्यवहारले मानव अधिकारको खिल्ली उडाएको छ । सरकारले कानुन नै बनाएर कमलरी मुक्तिको अभियान चलाए पनि अझै कैयन बालिका कमलरी बस्न बाध्य छन् । मुक्त भएकाहरू पनि समाजमा पुनस्र्थापित हुन सकेका छैनन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...