७ असार । ब्राजिलमा जारी कन्फेडेरेसन कप फुटबल प्रतियोगितामा स्पेन र उरुग्बेले जीत हात पारेका छन् ।
गएराति भएको खेलमा स्पेनले टाहिटिलाई दश–शून्य गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सानदार जित हात पारेको छ । स्पेनका लागि फर्नान्डो टोरेसले ह्याट्रिक सहित चार गोल गरे ।
त्यस्तै, डेभिड भिल्लाले आफ्नो ह्याट्रिक पूरा गरे । त्यस्तै, डेभिड सिल्भाले २ तथा जुवान माटाले एक गोल गरे । जितसगै स्पेनले २ खेलबाट ६ अंक जोड्को छ ।
त्यस्तै गएरातिनै भएको अर्को खेलमा उरुगबेले नायजेरियालाई दुई–एक गोल अन्तरले पराजित गरेको छ । उरुगबेका लागी डिएगो फोरलानले दुई गोल गरे । नाइजेरियाका लागि जोन ओबि मिकेलले एक गोल गरेका थिए । नाइजेरियालाई पराजित गर्दै उरुग्बेले प्रतियोगितामा ३ अंक हात पारेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment