प्रहरी प्रशासनले विभेदपूर्ण व्यवहार गरेको भन्दै म्याग्दीमा प्रदर्शन

९ असार । प्रहरी प्रशासनले विभेदपूर्ण व्यवहार गरेको भन्दै म्याग्दी सदरमुकाम बेनीमा स्थानीयले नाराबाजी सहित प्रर्दशन गरेका छन् ।

प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनीले कार्यसम्पादनका क्रममा विभेदपूर्ण व्यवहार गरेको भन्दै एमाले निकट युवासंघको नेतृत्वमा स्थानीयले प्रर्दशन गरेका हुन् । उनीहरुले प्रनाउ मरासीनीको कमजोरी पहिचान गरि कारबाही र सरुवा गर्नुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

उनीहरुले एकै किसिमको अभियोगमा पहुँचवा र पहुच नभएकालाई फरक फरक व्यवहार गरेर प्रहरीले जनतालाई दुख दिएको बताएका छन् । जुवातास, कुटपिट, बलात्कार प्रयास लगायत विभिन्न ९ वटा घटनामा प्रहरी कार्यालयबाट अनुसन्धानका क्रममा पक्षपातपूर्ण व्यवहार भएको उनीहरुको आरोप छ ।
प्रहरी नायव उपरिक्षक मरासीनीले भने कानुन अनुसार बिधीको शाषनको पालना हुने गरि निष्पक्ष कार्यसम्पादन गरेको दावी गर्दै कुनै कमजोरी भए प्रमाण सहित पहिचान गेरर देखाउन चुनौती दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...