काक्रेविहारको वनमा बुद्धको मुर्ति राख्न पाउनु पर्ने माग राख्दै ज्ञापन

८ असार । सुर्खेतको लाटीकोईली गाविसस्थित काक्रेबिहार वन क्षेत्रमा बुद्धको मूर्ति राख्न नदिइएको विषयमा बौद्ध धर्मावलम्बीलगायत विभिन्न संघसंस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल बौद्ध महासंघ नेतृत्वको टोलीले शनिबार बालुवाटारमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटी समस्या समाधानका लागि तीनबुँदे माग राखेका छन् । उनीहरूले १५ दिनभित्र काक्रेबिहारमा बुद्धको मूर्ति स्थापना गर्न वातावरण बनाउनुपर्ने, बौद्धमार्गीमाथि भएको प्रहरी हस्तक्षेपप्रति प्रशासनले माफी माग्नुपर्ने र बुद्धको मूर्ति राखिएका देशका विभिन्न क्षेत्रको सुरक्षा ग्यारेन्टी गर्नुपर्नेलगायतका माग राखेका हुन् ।
जवाफमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले मागप्रति सकारात्मक रहेको भन्दै छानबिन गर्ने आश्वासन दिनुभएको थियो । एक महिनाअघि बौद्ध धर्मावलम्बीहरूले काँंक्रेबिहारमा बुद्ध मूर्ति स्थापना गर्न खोज्दा प्रशासनले संरक्षित वन क्षेत्रमा मूर्ति राख्न नपाउने भन्दै रोक लागएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...