कन्फेडेरेसन कप फुटबलमा स्पेन र इटालीको विजयी सुरुवात

३ असार । कन्फेडेरेसन कप फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा स्पेन र इटालीले विजयी सुरुवात गरेका छन् ।

विश्व कप तथा युरो कप च्याम्पियन स्पेनले उरुग्वेलाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको २२ औं मिनेटमा पेड्रोको गोलबाट स्पेनले खेलमा अग्रता लिएको थियो ।
३२ औं मिनेटमा स्पेनका रोवर्टो सोल्डाडोले गोल गर्दै खेललाई दुई—शून्यको स्थितिमा पु¥याएका थिए । खेलको पहिलो हाफसम्म दुई—शून्य गोलअन्तरले पछाडि परेको उरुग्वेका लागि ८८ औं मिनेटमा लुईस स्वरेजले एक मात्र सान्त्वाना गोल गरेका थिए ।

गएराति नै भएको अर्को खेलमा इटालीले मेक्सिको माथि दुई—एक गोलअन्तरको जित दर्ता गराउन सफल भएको छ । इटालीका लागि २७ औ मिनेटमा पिर्लोले तथा ७८ आंै मिनेटमा मारियो बालाटेलीले समान एक—एक गोल गरेका थिए । त्यस्तै, मेक्सिकोका लागि खेलको ३४ औ मिनेटमा जाभियर हर्नान्डेजले एक मात्र गोल फर्काएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...