एण्डी मुर्रे विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एण्डी मुर्रे विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश

Share This
१५ असार । बेलायती एण्डी मुर्रे जारी विम्बल्डन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको तेस्रो चरणको खेलमा विश्व नम्बर दुई बेलायती एण्डी मुर्रेले स्पेनी टेमी रोब्रेडोलाई ६–२, ६–४ र ७–५ को सोझो सेटमा पराजित गर्दे अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन् ।

मुर्रेले गत वर्षको विम्बल्डनको फाइनलमा स्विस रोजर फेडेररसँग पराजित हुँदै उपविजेतामा सीमित भएका थिए । गएराति नै भएको अर्काे खेलमा पोल्याण्डका जेरी जानोबिचले स्पेनी निकोलास अल्मार्गाेलाई ७—६, ६—३ र ६—४ को सेटमा हराउदै अधिल्लो चरणको यात्रा तय गर्न सफल भए । खेलको पहिलो सेटमा निकै कडा टक्कर दिएका अल्मार्गो बाँकी सेटमा भने सहजै पराजित भएका थिए ।

अस्ट्रेलियाका जर्जेन मेल्जरले युक्रेनका एस स्टाकोभेस्कीलाई ६—२, २—६, ७—५ र ६—३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै चौथौ चरणको यात्रा तय गरे । गएराति नै भएको महिला सिङगल्सतर्फ भने फ्रान्सेली मारियोन बार्टेलीले इटालीकी कामिला गिवग्रीलाई ६—४ र ७—५ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भइन् । बार्टेलीले गिवग्रीलाई दुवै सेटमा सहजै पराजित गरेकी थिइन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here