कर्मचारी तथा मजदूरको आन्दोलनले उद्योग अनिश्चितकालीन बन्द

४ असार । कर्मचारी तथा मजदुरहरुको आन्दोलनका कारण धनुषास्थित एभरेष्ट पेपर मिल प्रालि अनिश्चितकालका लागि बन्द भएको छ ।

पेपर मिल कागज उत्पादन गर्ने नेपालकै सबैभन्दा ठूलो उद्योग हो । मिलले दैनिक ३० लाख थान कागज उत्पादन गर्ने गरेको छ । माग सम्बोधन गर्न ब्यवस्थापन पक्षले वर्र्र्षाै देखि वेवास्ता गरेको भन्दै मजदुरहरु काम बन्द गरेर धर्नामा बसेका हुन् । मिलमा ६ सय कर्मचारी तथा मजदुर कार्यरत छन् । मजदुरहरुले श्रम ऐन अनुसार ज्याला निर्धारण गर्नेु पर्ने, तलवमा प्रतिवर्ष २५ प्रतिशत वृद्धि गर्नु पर्ने, जीवन विमा फिक्स ७ लाख हुनु पर्ने, उपादान तीन महिनाको सुरु देखि हुनु पर्ने, विभिन्न किसिमका भत्ताहरु उपलब्ध गराउनु पर्ने, अथायीलाई स्थायी र पुराना मजदुरहरुलाई पदोन्नति गर्नु पर्ने लगायतका विभिन्न ११ सुत्रिय माग राखी आन्दोलन गर्दै आउका छन् । आफ्ना जायज माग पुरा गर्न पटक पटक आग्रह गर्दा पनि व्यवस्थापन पक्षले बेवास्ता गरेको मजदुरले बताएका छन् । उनीहरुले आफुहरुको माग यथासिघ्र पुरा नभए पेपर मिलका प्रबन्ध निर्देशक कौशल सर्राफको संचालनमा रहेको अन्य उद्योग समेत बन्द गरेर सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...