३० जेठ । गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत मनाङ–मस्र्याङ्दी फाईनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा विहीबार भएको सेमिफाईनलको अन्तिम खेलमा मनाङले चीरपरिचित प्रतिद्धन्द्धी थ्रीस्टार क्लवलाई १–० ले हरायो ।
खेलमा मनाङलाई विजयी गराउन विशाल राईले ८७ औं मिनेटमा निर्णायक गोल गरे । तनावपूर्ण खेलमा थ्रीस्टारका विष्णु सुनुवार र जगजित श्रेष्ठ तथा मनाङका योना ईलियास रातो कार्ड खाएर बाहिरिएका थिए ।
यसअघि ब्रिटिश गोर्खा कपको नामले सञ्चालन हुँदै आएको प्रतियोगिता यसपटकदेखि गोर्खा कपको नाममा हुन थालेको हो । ब्रिटिश गोर्खा कपका यसअघिका प्रत्येक भिडन्तमा मनाङ–मस्र्याङ्दी क्लवलाई थ्रीस्टारले पाखा लगाएको थियो ।
यसपटक भने मनाङले थ्रीस्टारसँग मीठो बदला लिएको छ । पछिल्लो समय नेपाली फुटबलका मूख्य प्रतिद्धन्द्धी मानिने थ्रीस्टार र मनाङबीच शहीद स्मारक ए डिभिजन लिगमा भएका दुई खेलमध्ये एउटा बराबरीमा सकिएको थियो भने एक खेलमा थ्रीस्टार विजयी भएको थियो ।
पूर्व प्रशिक्षक छिरिङ लोप्सान प्रशिक्षकको रुपमा तथा सागर थापा कप्तानको रुपमा टोलीमा फर्किएपछि मनाङले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
मनाङले अब उपाधिको लागि शनिवार त्रिभुवन आर्मी क्लवसँग खेल्नेछ । प्रतियोगिताको बुधबार भएको सेमिफाईनल खेलमा ब्वाईज युनियनलाई हराँउदै त्रिभुवन आर्मी क्लव फाईनलमा प्रवेश गरेको थियो ।
जारी गोर्खा कपको एकै समूहमा रहेका मनाङ र आर्मी क्लबबीचको खेलमा आर्मी क्लव १–० ले विजयी भएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment