बर्तमान सरकारका सय दिनका उपलब्धि सार्वजनिक

९ असार । अन्तरिम चुनावी सरकारले आफ्नो सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गरेको छ ।

पहिलोचोटी चुनाव गर्न प्रस्ताव गरेको दिन अर्थात् असार सातकै दिन सरकारले सुशासन कामय गरेको, तथा विकास निर्माणका कार्यमा योगदान गरेको भन्दै उपलब्धि सार्वजनिक गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्दै यही सरकारको कार्यकालमा शान्ति प्रक्रियाले पूर्णता पाएको दावी गर्नुभयो ।

सरकारले आफ्नो सय दिने कार्यकालमा निर्वाचन आयोगको पूर्णता, निर्वाचन मिति घोषणा, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, संविधानसभा सदस्य निर्वाचन अध्यादेश, निर्वाचन आयोग नियमावली लगायतका काम गरेको बताएको छ ।

यसैगरी संवैधानिक आयोगको नियुक्ति, विभिन्न दलसँगको वार्ता तथा सुशासन आफ्नो कार्यकालको उपलब्धि भएको पनि दावी गरेको छ ।सरकारले सुदूपश्चिमका बाढी पीडितलाई राहत, तराईका आगलागी पीडितलाई राहत तथा नेपाल वायुसेवा निगमका जहाज खरिदका लागि सञ्चयकोषसंग दश अर्बको सम्झौता लगायतका काम भएको बताएको छ ।

यसैगरी सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी दुईवटा अध्यादेश जारी गरेर नेपाललाई कालोसूचीमा पर्नबाट जोगाएको पनि दावी गरेको छ । सरकारले दैवी प्रकोप समस्या समाधानका लागि प्रधानमन्त्री राहत कोष ५० करोड बनाएको, दैवी प्रकोप राहत कोषमा १० करोड पु¥याएको जास्ता उपलब्लि हासिल गरेको पनि बताएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...