बाढी–पहिरो पीडितको उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन सरकारको निर्देशन

५ असार । सरकारले बाढीपहिरो पीडितको उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा बुधबार विहान वालुवाटारमा बसेको बिपत् व्यवस्थापनलगायत सरोकारवाला पक्षहरूसँगको आकस्मिक बैठकले सुदूरपश्चिमका पाढीपहिरो प्रभावितलाई तत्काल राहत दिने निर्णय गरेको हो ।

बैठकले ज्यान गुमाएकाको परिवारलाई प्रतिमृतक ४० हजारका दरले राहत वितरण गर्न निर्देशन दिएको छ । बैठकपछि गृहमन्त्री माधवप्रसाद घिमिरेले राहत सामग्रीसहितको उद्धार टोली पठाइसकेको जानकारी दिनुभयो । मन्त्री घिमिरेले शुद्ध खानेपानी प्राविधिक टोली, स्वास्थ्य टोली र घटनाको विवरण तयार पार्ने टोली पनि पठाइसकेको जानकारी दिनुभयो ।

बैठकले दार्जुलामा थप खाद्यान्नलगायतको साम्रगी पठाउने निर्णय पनि गरेको छ । यसैगरी बैठकले बिपत् व्यवस्थापन कोषलाई पाँच करोडबाट बढाएर १० करोड बनाउने र बिपत्कै समयमा खर्चिने गरी स्थापना भएको प्रधानमन्त्री राहत कोषलाई पनि १० करोडबाट बढाएर ४० करोड पु¥याएर पीडितलाई राहत दिने निर्णय गरेको छ ।

बैठकले गण्डकको १२ नम्वर ठोकर जोखिममा रहेकोले यसको ममर्तको लागि भारतसँग कुरा भइरहेको जनाएको छ । त्यसैगरी, पीडितको पुनस्र्थापना र दार्चुला सदरमुकामको पुनर्निमाणका लागि सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । चार दिनदेखि परेको अविरल वर्षाले पश्चिम नेपालका ११ जिल्ला प्रभावित भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...