आदिवासी जनजाती पत्रकार महासंघको महाधिवेशन सम्पन्न - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आदिवासी जनजाती पत्रकार महासंघको महाधिवेशन सम्पन्न

Share This
२८ जेठ । आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्षमा डण्ड गुरुङलाई निर्विरोध निर्वाचित हुनुभएको छ ।
पोखरामा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गराएको हो ।
जातिय पहिचान सहितको संघियताका लागि पुर्णसमाबेशी संचार भन्ने मुल नाराका साथ आइतबारदेखि पोखरामा जारी महाधिवेशनमा अध्यक्षसँगै उपाध्यक्ष भैरव आङला र कोषाध्यक्ष टेकराज थामी निर्विरोध निर्वाचित भएका छन् ।
बाँकी सबै पदका लागि भएको निर्वाचनबाट महासचिवमा नेपाल टेलिभिजनका गजुरधन राई विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी टीकराम प्रधानले भने ६२ मत ल्याउनुभएको थियो । यस्तै महिला सचिवका लागि भएको निर्वाचनमा कान्तिपुर एफ.एम.की रजनी तामाङ ९० मत सहित विजयी भएकी छिन् । वहाको निकटतम प्रतिद्धन्दी सुनिता तामाङले ४६ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी सदस्यहरुमा आश गुरुङ, इन्द्रजित मुखिया, गणेशमान गुरुङ, जिवन लामा र प्रज्वल श्रेष्ठ बिजयी हुनुभएको छ । सदस्यका लागि १५ जनाले उमेद्धारी दिएका थिए । महिला सदस्यहरुमा माला लिम्बु, दिपा आले र रीता लामा निर्बाचित भएका छन् ।

अल्प संख्यकमा शेरबहादुर भुजेल र एमन दनुवार निर्बाचित भएका छन् । यस्तै क्षेत्रिय संयोजकहरुमा पुर्वाञ्चकका लागि शाहिमान राई, मध्यमाञ्चलका लागि कुमार नेगी, पश्चिमाञ्चलका लागि देबबहादुर पचभैया, मध्यपश्चित खेम बुढामगर र सुदुर पश्चिमका लागि मस्तबिर क¥याङकङग्हवा निर्बाचित भएका छन् । नव निर्बाचित कार्यसमितिले सोमबार नै सफत लिएका छन् ।

पोखरा महाधिवेशनले आदिवासी जनजाति पत्रकार संघलाई महासंघमा रुपान्तरण गर्ने समेत निर्णय गरेको छ । आदीबासी जनजाती पत्रकारहरुको साझा संस्था आदिबासी जनजाति पत्रकार संघ अनिज अव महासंघमा परिणत भएको छ । सोमबार सम्पन्न पाचौ महाधिबेशनका सहभागीहरुले बिधान शंसोधन गरी अनिजलाई महासंघमा परिणत गर्नुपर्ने प्रस्ताव पारीत गरेका हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here