सम्मानीत जीवन विताउन नपाएको बादी महिलाहरुको गुनासो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सम्मानीत जीवन विताउन नपाएको बादी महिलाहरुको गुनासो

Share This
२२ जेठ । बादी महिलाहरूले आफूहरूले सम्मानित जीवन बिताउन नपाएको गुनासो गरेका छन् ।

दाङको घेराहीमा मंगलबारबाट सुरु भएको बादीहरूको सम्मेलनमा उनीहरूले यस्तो गुनासो गरेका हुन् । सम्मेलनमा राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिकी अध्यक्ष जहरा बादीले समाजका ठूला बडा भनाउँदाहरूले आफूहरूलाई खेलौनाको रूपमा प्रयोग गरेकाले अहिले थुप्रै समस्या आएको बताउनुभयो । सम्मेलनमा १७ जिल्लाका चार सयभन्दा बढी बादी महिला सहभागी छन् ।

मध्य तथा सुदूर पश्चिम जिल्लामा बसोबास रहका बादीहरूको संख्या ५० हजार छ । जसमध्ये ८७ प्रतिशत बादीसँग आफ्नो नाममा जग्गा छैन भने २५ प्रतिशतसँग बस्ने घर नभएको दलित अधिकारकर्मीहरूले जनाएका छन् । राज्यसँग पटक–पटक भएका सहमतिबारे समीक्षा गदै भावी कार्ययोजना तय गर्न बादी महिलाहरू घोराहीमा भेला भएका हुन् । सम्मेलन बुधबार सकिँदैछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here