बागमतीमा १ हजार माछा छाडिने

१९ जेठ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बागमती नदीमा एक हजार माछा छोडिने भएको छ ।

अधिकार सम्पन्न सभ्यता एकीकृत विकास समितिले आइतबार गुहेश्वरीदेखि पशुपतिसम्म माछा छोड्ने जनाएको छ । समितिका का अनुसार अरु १८ वटा गैरसरकारी संघ संस्थासंगको सहकार्यमा गुहेश्वरीमा १ हजार माछा छोड्न लागिएको हो ।

 वातावरणविदहरुले भने वाग्मतीमा जलचर प्राणी बाँच्न सक्ने अवस्था सिर्जना भईनसकेको भन्दै माछा बाग्मतीमा छोड्ने निर्णय प्रति असहमति जनाएका छन् । तर पहिले र अहिलेको नदीमा धेरै फरक भैसकेकाले यसबारे जानकारी गराउने उद्देश्यले पनि माछा छाड्न लागिएको समितिले वताएको छ ।

समितिले गएको माघ महिनादेखि सरकारी तथा गैरसरकारी संस्थासितको सहकार्यमा बाग्मती नदीको सफाई गर्दै आएको छ । हरेक वर्ष जुन ५ तारिखमा पर्ने विश्व वातावरण दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी सप्ताहव्यापी यो दिवस मनाउन थालिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...