८ असार । अमेरिकी जामि हाम्पटोन र रसियाकी एलिना भेस्निना जारी एगोन इनटरनेसनल टेनिस प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
इस्टबर्नमा गएराति भएको पहिलो सेमिफाइलनमा अमेरिकी जामि हाम्पटोनले डेनमार्ककी क्यारोलिन वज्नियाक्कीलाई ६—७, ७—५ र ६—३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गर्न सफल भइन् । पहिलो सेटमा पराजित भएकी हाम्पटोनले त्यसपछिका सेटमा भने जित हात पारेकी थिइन् । सन् २००९ की च्याम्पियन वज्नियाक्कीलाई पराजित गर्न हाम्पटोनले तीन घण्टा समय कोर्टमा खर्चनु परेको थियो । हाम्पटोनल यो प्रतियोगिताको फाइनलमा पहिलो पटक प्रवेश गरेकी हुन् । गएराति नै भएको अर्को सेमिफाइनल खेलमा रसियाकी एलिना भेस्निनाले बेल्जियमकी यानिना विकमायरलाई ६—२ र ६—० को सोझो सेटमा पराजित गदै अन्तिम दुईमा प्रवेश गर्न सफल भइन् । भेस्निनाले विकमायरलाई खेलको दुवै सेटमा सहजै पराजित गरेकी थिइन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment