ओलम्पिक दिवस मनाउँन पनि विबाद

९ असार । आधुनिक ओलम्पिकको शुरुवात भएको दिनको सम्झनामा आइतबार अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइँएको छ ।

हरेक वर्ष जुन २३ तारिखमा विभिन्न कार्यक्रम गरी ओलम्पिक दिवस मनाउने गरिन्छ । प्राचिन ओलम्पिक खेलको पुनरुत्थान स्वरुप प्रतिस्पर्धात्मक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले सन् १८९४ जुन २३ तारिखमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको स्थापना भएको थियो ।

नेपाल ओलम्पिक कमिटिबीचको विवाद टुंगोमा नपुग्दा ओलम्पिक दिवसको अवसरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना भए । विहान अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिद्वारा मान्यताप्राप्त धु्रवबहादुर प्रधान नेतृत्वको कमिटिले जाउलाखेलमा कार्यक्रम गरेको छ भने दिउँसो रुक्मशमसेर राणा नेतृत्वको कमिटिले भक्तपुरमा कार्यक्रम गर्दैछ । ओलम्पिक कमिटिको लामो समयदेखिको विवादले खेलाडीहरु भने मारमा पर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...