जनआन्दोलनका घाइते ताराबहादूर उपचार खर्च जुटाउँदै

१० असार । २०४६ सालको जनआन्दोलनका घाइते ताराबहादुर खड्का उपचार खर्च जुटाउन विभिन्न शहरमा भौतारिन बाध्य भएका छन् ।

उपचार खर्च जोहो गर्दै स्याङ्जा पुगेका खड्का आफ्ना बारेमा लेखिएका पत्रपत्रिका देखाउँदै हिडेका छन् । रुकुमको मुसिकोटमा २०२६ सालमा जन्मिएका खड्काले २०४६ को जनआन्दोलनमा खुट्टा गुमाउनुका साथै मुटु र फोक्सोको समेत शल्यक्रिया गर्नुपरेको थियो । आफ्नो उपचारका लागि ९ वर्षको छोरालाई १ लाख ३० हजार भारतीय रूपैंयाँमा मारवाडीको हातमा सुम्पनु परेकोसमेत उनले बताए ।
उनलाई नारायणहिटी दरबार अगाडि रहेको शालिक तोड्ने क्रममा सुरक्षाकर्मीले तीन गोली प्रहार गरेको थियो । खड्कालाई पञ्चायती शासकको ठाडो आदेशमा छाला काटेर नुन खुर्सानी दल्नुका साथै जिब्रो समेत काटिएको थियो । उनले गाँस, बास र कपासको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...