उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित

२ असार । उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ ।
आइतबार दिउँसो ३ बजे बस्ने भनिएको समितिको बैठक नेकपा–माओवादी लगायतका दलहरुको बन्दका कारण स्थगित गरिएको हो ।

मधेशी मोर्चाका नेता विजयकुमार गच्छदारले समितिको नेतृत्व गरेपछि पहिलोपटक बैठक बस्ने तय गरिएको थियो । आइतबार बस्ने भनिएको बैठकमा संविधानसभा निर्वाचन, तयारी र आगामी रणनीतिबारे छलफल गर्ने कार्यक्रम थियो ।

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व गर्न दिएपछि बनाइएको समितिको संयोजक आलोपालो हुने पद्धतिअनुसार शनिबारबाट गच्छदारले नेतृत्व लिनुभएको हो । समितिको बैठक सोमबार विहान ९ बजे बस्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...