मृतकका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सहमति - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मृतकका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सहमति

Share This
१४ असार । बसको ठक्करबाट गत बुधबार दिउँसो मृत्यू भएकी प्रतिक्षा कायस्थको परिवारलाई क्षतिपूर्ति स्वरुप रु पाँच लाख दिने सहमति भएको छ ।
मृतकका परिवार, बस व्यवसायी र प्रशासनबीच भएको त्रिपक्षीय छलफलपछि पाँच लाखा रुपैयाँ क्षतिपूर्ति स्वरुप दिइने सम्झौता भएको हो ।


यस्तै दुर्घटनामा परी घाइते भएकी समीक्षा कायस्थको उपचार खर्च बेहोर्ने र दुर्घटनाग्रस्त स्कुटरको मर्मत गरिदिने सहमति भएको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए । हेटौँडा बस व्यवसायी संघद्वारा सञ्चालित ना४ख ७४३७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको ग५प ७४३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा पोखरा उपमहानगरपालिका वडा नं ३ नदीपुर बस्ने वर्ष १८ की कायस्थको मृत्यू भएको थियो ।

उक्त दुर्घटनालाई लिएर मृतकका आफन्तले बिहीबार साँझ पृथ्वीराजमार्गको मुग्लिनदेखि कोत्रेसम्मको ७२ किलोमिटर खण्ड एक घन्टा अवरुद्ध गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here