सडक प्रयोगकर्ताको लापरवाही र समन्वयको अभावले ट्राफिक समस्या ज्यू को त्यू

४ असार । व्यवस्थापन पक्षमा समन्वयको अभाव र सडक प्रयोगकर्ताको लापरवाहिका कारण ट्राफिक समस्या समाधान हुन नसकेको निवर्तमान महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उपेन्द्रकान्त अर्यालले बताएका छन् ।

महाशाखावाट पुर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर सरुवा भएका अर्यालले पत्रकारसंगको विदाई भेटमा सडक प्रयोगकर्तामा टा«फिक नियम पालना गर्नुपर्ने जनचेतनाको अभावका कारण ट्राफिक व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको बताउनुभएको हो ।

प्रहरी नायव महानिरीक्षक अर्यालले आफ्नो ८ महिने कार्यकाल सफल रहेको भन्दै सार्वजनिक सवारी साधनलाई तोकीएको टाउँमा रोक्ने, तोकीएको ठाउँमा यात्रु ओराल्ने र चढाउने काम प्रक्रियामै रहेको जानकारी दिनुभयो ।

उहाँले आफ्नो कार्यकालमा भएको ट्राफिक व्यवस्थापनको लागी सादा ट्राफिक प्रहरीको प्रयोग, ट्याक्सी भाडामा हुने ठगी नियन्त्रण र यातायातका साधनमा आरक्षणको व्यवस्था मुख्य उपलव्धी भएको दावी गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...