निर्वाचन कसैले रोक्न सक्दैनः सभापति कोइराला

१० असार । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले निर्वाचनको चौतर्फी माग भएकाले कसैले रोक्न नसक्ने बताएका छन् ।

युवा संघ नेपालले दिएको ज्ञापनपत्र बुझ्दै सभापति कोइरालाले जनता, अन्तर्राष्ट्रिय जगत र सबैजसो राजनीतिक दल निर्वाचनका पक्षमा रहेकाले चुनाव कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । सभापति कोइरालाले निर्वाचन रोक्न खोज्ने शक्ति आफैं परास्त हुने बताउनुभयो।

चुनावका लागि आन्तरिक गृहकार्य भइरहेकाले नेकपा–माओवादी, उपेन्द्र यादव नेतृत्वको मोर्चा लगायतका दल निर्वाचनमा सहभागि हुने दाबीसमेत गर्नुभयो । स्थानीय निर्वाचन हुन नसक्दा करोडौंको भ्रष्टाचार भएको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन गर्न दबाब सृजना गर्न युवा संघलाई सल्लाह दिनुभयो ।

संघले आगामी निर्वाचनमा ५० प्रतिशत युवालाई उम्मेदवार बनाउनुपर्ने, ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नुपर्ने, संविधानसभा १ सय १ सदस्यीय बनाउनुपर्ने, विदेशमा रहेका मतदातालाई इभोटीङको व्यवस्था गर्नुपर्ने जस्ता २२ बुँदे माग राखेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...