धनकुटाका ६ वटा सामुदायिक विद्यालयको नतिजा शून्य - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

धनकुटाका ६ वटा सामुदायिक विद्यालयको नतिजा शून्य

Share This
३० जेठ । यस वर्षको एस.एल.सी परिक्षामा धनकुटा जिल्लामा ६ वटा सामुदायिक विद्यालयको नतिजा शुन्य रहेको छ ।

जिल्ला शिक्षा कार्यालय धनकुटाले दिएको जानकारी अनुसार जिल्लामा संचालित ६ वटा सामुदायिक विद्यालयको नतिजा शुन्य रहेको पाइएको छ । परिक्षामा सहभागि विद्यार्थीहरु मध्ये नतिजा शुन्य हुने विद्यालयहरुमा ठाकुरदेवी उच्च मावि आखिँसल्ला, दामोदर मावि सिभुवा ताङखुवा, सिद्धदेवी मावि आखिँसल्ला, मुढेवास मावि मुढेवास, राम मावि लेउतीटार र भाषा उच्च मावि कागतेमा रहेको खुल्ला विद्यालय रहेको छ ।

यसवर्षको एस.एल.सी परिक्षामा सामुदायिक तथा संस्थागत विद्यालय गरि ८१ विद्यालयका नियमित तर्फका गरि दुई हजार आठ सय दश परिक्षार्थी सामेल भएका थिए जिल्लाको नतीजा वर्षे पिच्छे घट्दै गएको र यस शैक्षिक सत्रमा गत शैक्षिक सत्रको तुलनामा ६ दशमलव ६१ प्रतिशतले कमि आएको जिल्ला शिक्षा कार्यालय धनकुटाका पुष्पराज वरालले वताउनुभयो । वरालले यसबर्ष २५ दशमलव शुन्य दुई प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जानकारी समेत दिनुभयो ।

गत शैक्षिक सत्रमा ३१ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कदै गएको पाईएको छ । शिक्षा कार्यालय धनकुटाका अनुसार जिल्लामा एउटा पनि सामुदायिक विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छैनन भने सात वटा संस्थागत विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छन ।

सतप्रतिसत उतीर्ण गराउने विद्यालयहरुमा तमोरभ्याली मा.वि., तुलसीमेयर मा.वि, दीप ईङिलस बोर्डिङ, मनकामना मा.वि,धनकुटा ईङिलस, मदरल्याण्ड मा.वि. र सितलादेवी मा.वि रहेका छन् । सामुदायिक विद्यालय तर्फ राम माध्यमिक विद्यालय लेगुवाले सवै भन्दा बढी ९३ प्रतिसत विद्यार्थी उतीर्ण गराएको छ । परीक्षा सामेल भएका १५ जना विद्यार्थी मध्ये १४ जना उतीर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

यस बर्षको एस.एस.सी परिक्षामा नियमति तर्फवाट सहभागि विद्यार्थी मध्ये २३ जना विशिष्ट श्रेणी, दुई सय ४१ जना प्रथम श्रेणी, चारसय १२ जना दोश्रो र २७ जना विद्यार्थी तेश्रो श्रेणीमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालय धनकुटाले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here