२७ जेठ । नवलपरासीमा एक व्यक्तिले नक्कली छोरा बनाएर १२ जनालाई नागरिकता दिलाएको खुल्न आएको छ ।
प्रशासन कर्मचारीकै मिलेमतोमा सनई गाविसका सरफुद्दिन मुसलमानले १२ जना भन्दा बढीलाई छोरा भन्दै नागरिकता दिलाएका हुन् ।
मुसलमानले १७ व्यक्तिलाई छोरा बनाएर नागरिकता दिलाएको आरोप लागेपनि अहिलेसम्म १२ जनामात्र मात्र फेला परेका छन् । मुसलमानले रूपन्देहीको टिकुलीगढबाट सनई वडा नम्बर ७ मा बसाइँसराइ गरेको ठेगानामा उल्लेख गरेका छन् ।
उनले २०६७ असार ३१ मा बसाइँसराइ गरेको कागजपत्र पेस गरेका छन् । किर्ते तरिकाले उनलाई बाबु देखाएर नागरिकता लिनेमा मुस्ताक अलि, असफाक, राजु, सलाउद्दिन र अब्दुलकलाम मुसलमान लगायत छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

नक्कली छोरा बनाएर १२ जनालाई नागरिकता दिएको खुलासा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment