कन्फेडेरेसन कप फुटबल प्रतियोगिता अन्तर्गत ब्राजील र इटाली भिड्दै

८ असार । कन्फेडेरेसन कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार आयोजक ब्राजिलले इटालीको सामना गर्दैछ ।

साल्भाडोरमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे शुरु हुनेछ ।
समूह ए मा रहेका यी दुवै टोलीले यसअघिका खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । ब्राजिल र इटालीबीचको नतिजाले समूह विजेताको घोषणा गर्नेछ ।
त्यस्तै, शनिबारै राति हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा जापानले मेक्सिकोको सामना गर्नेछ । मेक्सिको र जापान भने एक खेल खेल्न अगाबै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...