१३ असार । रोजर फेडेरर बिम्वलडन टेनिस प्रतियोगिताको दोस्रो चरणबाट बाहिरिएका छन् ।
स्पेनी स्टार राफल नाडल पहिलो चरणबाट बाहिरिँदा प्रतिष्ठित ग्रान्ड्स्लाम प्रतियोगिताका ७ पटकका विजेता फेडेरर बरियातक्रममा एक सय १६औं स्थानमा रहेका युक्रेनका सर्गेई स्टाकोवस्कीसँग पराजित भएका हुन् ।
फेडेरर साविक विजेता समेत हुँन । बरियताक्रममा फेडेरर तेस्रो नम्वरमा छन् ।
बुधवारको खेलमा फेडेरर स्टाकोवस्कीसँग ६–७, ७–६, ७–५, र ७–६ को सेटमा पराजित भएका थिए । नाडाल प्रतियोगिताबाट बाहिरिएपछि साविक विजेता फेडेररलाई उपाधिको दावेदार मानिएको थियो । तर, फेडेरर पनि दोस्रो चरणबाट अघि बढन सकेनन् ।
यसअघि फेडेरर सन् २००२ मा बिम्वलडनको पहिलो चरणबाट बाहिरिएका थिए । २००३ मा फ्रेन्च ओपनमा पनि उनी पहिलो चरणबाटै बाहिरिएका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment