चुनावको वातावरण तयार पार्न राप्रपाको आग्रह

७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सभा चुनावको वातावरण तयार पार्न सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

काठमाडौमा शुक्रबार भएको कार्यक्रममा राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाले चुनावको बाटो सहज नभएको भन्दै वातावरण सहज पार्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा नेता पशुपतिशमशेर राणाले चारदलीय समिति खारेज नभएसम्म चुनावको वातारण नबन्ने दाबी गर्नुभयो । राणाले अघिल्लो संविधानसभाको विघटन हुनुको मुख्य दोषी ठूला चार दल भएको भन्दै यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...