एमाओवादी र काँग्रेसबीचको झडपले जुम्लामा कफ्र्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एमाओवादी र काँग्रेसबीचको झडपले जुम्लामा कफ्र्यु

Share This
२९ जेठ । जुम्लामा कांग्रेस र एकीकृत माओवादीबीच भएको झडपले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले सांझ पांच बजेसम्मको लागि कफ्र्यु आदेश जारी गरेको हो । मंगलबार रातीदेखि बुधबार बिहान पांच बजेसम्मको लागि निशेधाज्ञा जारी गरिएकोमा बुधबार बिहान एक घण्टा खोलेर पुन सांझ पांच बजेसम्मको लागि कफ्र्यु थप गरिएको हो ।

नेकपा माओवादी र नेपाली कांग्रेसबीच गत २६ र २७ गते भएको झडपको बिषयलाई लिएर जुम्लामा तनाव उत्पन्न भएको हो । नेपाली कांग्रेसका कार्यकर्ता घनश्याम थापा र नेकपा माओवादीका मनोज बुढामगरबीच भएको बिवादपछि तनावको अवस्था उत्पन्न भएको प्रहरीले जनाएको छ ।

दुई दलका कार्यकर्ताबीच झडप हुन सक्ने देखिएकाले कफ्र्यु लगाएको स्थानिय प्रशासनले जनाएको छ । एरपोर्टदेखि पश्चिम, जुम्ला बहुमुखी क्याम्पसदेखि दक्षिण, ट्राफिक प्रहरी कार्यालयदेखि पूर्व र छिना सांघुदेखि उत्तरको क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।

प्रशासनले कफ्र्यु लगाएपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । बिहान सञ्चालन भईरहेका बिद्यालय स्तरिय परिक्षा समेत कफ्र्युको कारण प्रभावित बनेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here