जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टर फाइनलमा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टर फाइनलमा प्रवेश

Share This
२१ जेठ । विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच जारी फ्रेन्च ओपन टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।


गएराती सम्पन्न भएको प्रि—क्वाटरफाइनलको खेलमा सर्बियाली नोभाक जोकोभिचले जर्मनीका फिलीप कोहल्सहाइबेरलाई ४—६, ६—३, ६—४ र ६—४ को प्रतिस्पर्धात्मक सेटमा पराजित गदै अन्तिम आठको स्थान तय गरेका हुन् । खेलको पहिलो सेटमा पराजित भएका जोकोभिचले त्यसपछिका बाकी तिन सेटमा भने जित हात पारेका थिए । अब सेमिफाइनल प्रवेशका लागी जोकोभिचले जर्मनीका टोमी हासको सामना गर्नेछन । त्यस्तै, गएराती नै सम्पन्न भएको अर्को खेलमा जर्मनीका टोमी हासले रसियाका मिखायल योज्नीलाई ६—१, ६—१ र ६—३ को सोझो सेटमा हराउदै क्वाटरफाइनलको यात्रा तय गरे ।

गएराती नै सम्पन्न भएको अन्य खेलहरुमा स्पेनी राफेल नाडालले जापानका केई निसीकोरीलाई ६—४, ६—१ र ६—३ को सेटमा तथा स्विजरल्याण्डका स्टानिसलास वावरिन्काले फ्रान्सेली रिचार्ड ग्यासकुइटलाई ६—७, ४—६, ६—४, ७—५ र ८—६ को सेटमा पराजित गदै अन्तिम आठको स्थान तय गरेका छन । त्यस्तै, गएराती नै सम्पन्न भएको महिला सिङगल्सतर्फको खेलमा दोस्रँे वरियताकी रसियाकी मारिया सारापोभाले अमेरिकी स्लोन स्टेफेन्सलाई ६—४ र ६—३ को सेटमा पाखा लगाउदै अन्तिम आठमा प्रवेश गर्न सफल भइन् ।

डिफेन्डिङ च्याम्पियन सारापोभाले स्टेफेन्सलाई खेलको दुवै सेटमा सहजै पराजित गरेकी थिइन् । यता अर्को खेलमा बेलारुषकी भिक्टोरिया अजारेन्काले इटालीकी फ्रान्सेस्का स्किवाभोनलाई ६—३ र ६—० को सोझो सेटमा हराउन सफल भइन् । सर्बियाकी अन्ना इभानोभिचले अमेरिकी जेमी ह्याम्पटनलाई ६—० र ६—२ को सेटमा तथा रसियाकी मारियो किरिलेन्कोले अमेरिकी बेथानाई माटेक सान्डसलाई ७—५ र ६—४ को सेटमा हराउदै अन्तिम आठमा प्रवेश गरेका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here