३ असार । अबिरल वर्षाका कारण रुपन्देहीका बुटवल, भैरहवा लगायतका स्थानमा बाढी पस्दा ग्रामिण भेगका अधिकांश गाउ डुवानमा परेका छन ।
बाढी र डुवानका कारण जनजिवन अस्तब्यस्त बनेको छ । बाढी सडकमा पुग्दा यातायात सेवा समेत अवरुद्ध भएको छ । लगातार आएको भारी बर्षाका कारण बुटवल, शंकरनगर, मोतीपुर, सेमलार मुर्गिया, रानीबगिया, सोरौली, पर्रोहा लगाएतका क्षेत्रमा पानीको सतह बढेर जलमग्न भएको छ ।
रातभर चुरे क्षेत्रमा परेको मुसलधारे बर्षा र त्यसपछि आएको बाढीले पुर्वपश्चिम महेन्द्र राजमार्ग र उत्तरदक्षिण सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । त्यस्तै तिनाउ नदिमा आएको बाढीले सोमबार बिहान एकजना महिलालाई बगाएको छ । उनको पहिचान हुन सकेको छैन ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बाढीका कारण बुटवल र भैरहवाका अधिकांश गाउँ डुवानमा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment