भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

४ असार । उत्तरी भारतमा ४ दिन देखी जारी बर्षाका कारण आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या ६० पुगेको छ । बर्षा र पहिरोका कारण हजारौं मानिसहरु अलपत्र परेको भारतिय अधिकारीहरुले बताएका छन् ।

भारतको उत्तराखण्डमा ४० जनाको बाढीले बगाएर मृत्यु भएको हो । त्यस्तै, उत्तर प्रदेशको साहारापुर जिल्ला क्षेत्रमा समेत २० जनाको मृत्यु भएको समाचार संस्थाहरुले बताएका छन् ।

बाढीका कारण तिर्थयात्रामा गएका ६० हजार मानिसहरु बाटोमा अलपत्र परेका छन् । बाढी प्रभावित क्षेत्रमा उद्दार कार्य जारी रहेको जनाइएको छ । खराब मौसमका कारण उद्दारकर्मीको टोली बाढी प्रभावित क्षेत्रमा पुग्न नसकेको अधिकारीहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...