यार्सागुम्बा संकलनले राजस्वमा वृद्धि

२० जेठ । मुगु जिल्ला विकास समितिले यार्सागुम्बा संकलन गर्न जानेहरूबाट लिइने प्रवेश शुल्कबाट ९४ लाख ३८ हजार रूपैयाँ राजश्व असुली गरेको छ ।

यार्सागुम्बा टिप्न पाटन क्षेत्र गएका ७ हजारभन्दा बढी मानिसहरूमध्ये जिल्लाबासीबाट प्रति व्यक्ति एक हजार रुपैंयाँ र जिल्ला बाहिरकाहरूबाट प्रतिव्यक्ति १ हजार ५ सय रुपैया प्रवेश शुल्क उठाइएको थियो । गत वर्षको तुलनामा यस वर्ष ६ गुणाले राजश्व वृद्धि भएको जिविसले जनाएको छ । गत वर्ष १७ लाख रूपैयाँ मात्र राजश्व संकलन भएको थियो ।

विशेष गरी मुगुको पुलु, डोल्फु, किम्री र माग्री गाविसका स्थानीयवासी यार्सागुम्बा टिप्न जान्छन् । यस वर्ष छिमेकी जिल्ला जुम्ला, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, जाजरकोट, सुर्खेत, नेपालगञ्जलगायत काठमाडौबाट समेत यार्सागुम्बा संकलन गर्ने र खरिद गर्नेहरूको भीड लागेको छ ।

यस वर्ष यार्सागुम्बाको मूल्य सानोको प्रति गोटा ५ सय र ठूलोको ७ सय रूपैयाँ कायम भएको छ । यार्सागुम्बा खरीद बिक्रीबाट यस वर्ष मुगुमा ४२ करोडभन्दा बढी रकम भित्रिने अनुमान जिविसले गरेको छ ।

जिल्लमा अध्ययनरत विद्यार्थीहरू समेत यार्सागुम्बा संकलन गर्न जाँदा मुगुको करान भेगका सम्पूर्ण विद्यालय बन्द हुने अवस्थामा पुगेका छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...