अध्यादेश जारी नगर्दा शिक्षा क्षेत्रमा समस्याः डा. भट्टराई

५ असार । एकीकृत माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफूले पठाएको अध्यादेश राष्ट्रपतिले जारी नगर्दा शिक्षा क्षेत्रमा समस्या देखिएको बताउनु भएको छ ।

अखिल क्रान्तिकारीले बुधबार काठमाडौमा गरेको कार्यक्रममा उपाध्यक्ष भट्टराईले नौ महिनासम्म राष्ट्रपतिले अध्यादेश जारी नगर्दा शिक्षा क्षेत्रमा समस्या गरेको बताउनु भएको हो । उहाँले राजनीति जस्तै पुरानो सत्ता ध्वस्त पारेर नयाँ सत्ता स्थापना गरे मात्र शिक्षा क्षेत्रमा सुधार आउने दाबी गर्नुभयो ।

उपाध्यक्ष भट्टराईले धनी र गरिवका बीचमा रहेको दोहोरो शिक्षा प्रणाली खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले यसबर्षको एसएलसीमा आएको नतिजाको जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै आफु सरकारमा रहेकाले आधा जिम्मेवारी आफुले लिन तयार रहेको बताउनुभयो । एसएलसी परीक्षामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने बिद्यार्थीलाई बोर्ड फस्र्ट घोषणा गर्नुपर्ने उहाँकोे भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...