खाद्य संकट भोग्दै आएका जाजरकोटका बासिन्दालाई चामल वितरण

३ असार । लामो समयदेखि खाद्य संकट भोग्दै आएका जाजरकोटको दुर्गम गाविसका स्थानीयवासीलाई खाद्य संस्थानले चामल वितरण गरेको छ ।

संस्थानले जाजरकोटका ४ वटा खाद्य डिपो र सदरमुकाम गोदामबाट चामल वितरण गरेको हो । संस्थानले रग्दाको चौका डिपोबाट १३ सय, नायकवाडाको घाट डिपोबाट ११ सय, पजारु डिपोबाट ४ सय ८२ क्विन्टल चामल वितरण गरेको छ । त्यस्तै दशेरा डिपोबाट ४ सय ४३ र सदरमुकामबाट ३५ सय २६ क्विन्टल चामल वितरण गरेको खाद्य संस्थान जाजरकोटका निमित्त प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले खाद्य संकटको उच्च जोखिममा परेका रग्दा, भगवती सग्ला, नायकवाडा, रोकायगाउलगायतका गाविसमा थप चामलको व्यवस्था गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...