राष्ट्रपतिलाई उपचारका लागि जापान लगिने

२ असार । राष्ट्रपति रामवरण यादवको ठूलो आन्द्रामा घाउ देखिएकाले थप परीक्षणका लागि जापान लगिने भएको छ । आइतबार अथवा सोमबारसम्म राष्ट्रपति थप उपचारका लागि जापान प्रस्थान गर्नेछन् ।

टिचिङ अस्पतालमा एमआरआई गर्दा ठूलो आन्द्रामा गिर्खो जस्तो देखिएपछि थप उपचारका लागि धापासीको ग्रायन्डी अस्पतालमा रिफर गरिएको थियो ।
ग्रायन्डीमा सिटीस्क्यान गर्दा आन्द्राभित्र कालो दाग देखिएपछि डाक्टरहरूले थप रोग पत्ता लगाउन बाहिरै लगेर उपचार गर्न सल्लाह दिएको राष्ट्रपतिका निजी सचिव ललित बस्नेतले बताउनुभयो ।
भिआइपी वा राजनीतिज्ञलाई बाहिर लग्नुपर्दा स्वास्थ्य बोर्डले अनुमति दिनुपर्ने प्रावधान अनुसार राष्ट्रपति यादवलाई जापान लग्न टिचिङको सिफारिसमा बोर्डले अनुमति दिइसकेको छ । जहाजको टिकट र जापानमा उपचारको समय हेरेर भरसक आइतबार, नभए सोमबारसम्म लैजाने तयारी भएको छ।

यसैबीच चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले शनिबा नै राष्ट्रपतिलाई भेटेर रोगबारे जानकारी लिएका थिए । उनले तुरुन्तै बाहिर लगेर उपचार गराउन सल्लाह दिनुभयो । त्यसको सम्पूर्ण तयारी सरकारले गर्ने उनले बताउनुभयो।
जापानका राजदूतले पनि शनिबारै राष्ट्रपतिलाई भेटेर जापान सरकारका तर्फबाट सम्पूर्ण सहयोग गर्ने र जापानमा उच्च स्तरको उपचार व्यवस्था मिलाउने जानकारी गराएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...