कर नतिर्नेहरुको भुक्तानि रोक्का गर्ने राजस्व विभागको तयारी

१० असार । आन्तरिक राजस्व विभागले कर नतिर्ने व्यक्ति, उद्योग, संघ–संस्थानलगायतको भुक्तानी रोक्का गर्ने तयारी गरेको छ ।

आन्तरिक राजस्व विभागले आइतबार काठमाडौमा गरेको कार्यक्रममा विभागका महानिर्देशक टंकमणी शर्माले कानुनअनुसार कर तिर्न गरिएको आग्रह नमानेपछि यस्तो कदम उठाउन बाध्य भएको जनाउनुभएको हो । उहाँले सरकारलाई नटेर्ने प्रबृत्ति बढ्दै गएकोले आयकर ऐन–२०५८ को प्रभावकारी कार्यान्वयन गराउने बताउनुभयो ।
महानिर्देशक शर्माले कर प्रशासन र आर्थिक प्रशासन एक सिक्काका दुई पाटा भएकाले कर तिर्न डराउनु नपर्ने बताउनुभयो । उहाँले करदाताको सुविधाका लागि हालको कानुनमा परिर्वतन गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...