टर्कीको गेजी पार्क ओगटेका प्रदर्शनकारीहरुलाई प्रहरीले हटायो

२ असार । टर्कीको इस्तानबुलस्थित गेजीपार्क ओगटेका प्रदर्शनकारीहरूलाई प्रहरीले हस्तक्षेप गरी हटाएको छ ।
दुई सातादेखि पार्क ओगटेका प्रदर्शनकारीलाई दंगा प्रहरीले रातभरको प्रयास पछि हटाएको अधिकारीहरूले जनाएका छन् । प्रहरीले रबरका गोली, अश्रुग्याँस र पानीका फोहरा प्रयोग गरी उनीहरूलाई हटाएको थियो ।

प्रधानमन्त्री तायाप इर्दोगानले प्रदर्शनकारीलाई पार्क खाली गराउन दिएको अन्तिम अल्टिमेटमपछि प्रहरीले हस्तक्ष्ँेप गरेको हो । इस्तानबुलका अन्य क्षेत्रमा भने प्रदर्शन जारी रहेको जनाइएको छ ।

इस्तानबुलमा सत्तासिन एकेपी पार्टीको ¥याली योजनालाई मध्यनजर गर्दै पार्क खाली गराइएको अधिकारीले बताएका छन् । गेजीपार्कको ताक्सिम स्क्वायर पुनर्निर्माण गर्ने सरकारी योजनाको विरोधमा प्रदर्शन हुँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...