सरकारी निरीक्षणप्रति बाढीपीडितको आक्रोश (फोटो फिचर)

७ असार । कैलाली र कञ्चनपुरका बाढीपीडितले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहितको टोली सेना र सशस्त्र प्रहरीको कम्पाउण्डबाटै फर्किएकोमा आक्रोश व्यक्त गरेका छन् ।


त्यस्तै, सरकारी टोलीले बर्दियामा बाढीबारे जानकारी नै नलिएको स्थानीयवासीको गुनासो छ । टोलीले बर्दियामा भौरा टापुका ११ गाविसको बाढीको अवस्थाबारे जानकारी लिने कार्यक्रम रद्द गरेर फर्कियो थियो । हिजो सुदूरपश्चिम पुगेको टोलीले कञ्चनपुरमा सेनाको ब्यारेक र कैलालीमा सशस्त्र प्रहरीको गणबाटै बाढीको अवस्थाबारे जानकारी लिएको थियो ।

टोलीले ती जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतबाट बाढी पछिको अवस्था र राहत वितरणबारे जानकारी लिएको थियो । कञ्चनपुरमा ब्यारेकमा करिव १ घण्टा बिताएको सरकारी टोलीलाई राजनीतिक दलका नेताहरूले बाढी पछिको अवस्थाबारे ज्ञापन पत्र बुझाएका थिए ।

सरकारी टोलीले आकाशबाटै महाकाली नदी कटान क्षेत्रको निरीक्षण गरेको थियो । त्यस्तै, कैलालीको बाढीग्रस्त क्षेत्र टीकापुरमा अध्यक्ष रेग्मीको टोली उग्रतारा सशस्त्र प्रहरी गणबाटै फर्किएको थियो । सरकारी टोलीले केही बाढीपीडित र सरकारी कर्मचारीहरूसँग उद्धार र राहतबारे जानकारी लिएको थियो ।









,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...