सरकार चुनावको तीव्र तयारीमा लागेको रेग्मीको भनाइ

८ असार । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गर्ने तयारीमा लागेको दाबी गर्नु भएको छ ।

काठमाडौमा भएको कार्यक्रममा अध्यक्ष रेग्मीले जेठ ४ गते हुने दोश्रो संविधानसभाको चुनाव स्वतन्त्र निष्पक्ष र भयरहित वातावरण बनाउन लागेको दाबी गर्नुभएको हो । उहाले मुलुकको संकट समाधानको एकमात्र विकल्प चुनाव भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट हुने चुनावमा सबैलाई उत्साहजनक सहभागी हुन आग्रह गर्नुभयो ।

अध्यक्ष रेग्मीले बिगतमा भएका कुराहरु सम्झेर निकास ननिस्कने भन्दै चुनावमा केन्द्रित हुन राजनीतिक दल नागरिक समाज र सबै सर्बसाधारणलाई आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष रेग्मीले मृगेन्द्र संम्झना गुठीकोे १ लाख नगद र सम्मान पत्र सहित पुरुस्कार धुलीखेल अस्पताललाई सम्मान गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...