एमाले स्थायी कमिटीमा आगामी केन्द्रीय कमिटिमा प्रस्तुत हुने एजेण्डाबारे छलफल

१० असार । नेकपा एमालेको स्थायी कमिटिको बैठकले अगामी केन्द्रीय कमिटिमा प्रस्तुत गरिने एजेण्डा बारे छलफल गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा सोमबार बसेको स्थायी कमिटिको बैठकले अगामी केन्द्रीय कमिटिको बैठकमा प्रस्तुत गरिने समसामयिक राजनीतिक प्रतिवेदन, चुनावको तयारी लगाएतका विषयमा छलफल गरेको हो ।

बैठकमा चुनावमा पार्टी संगठनलाई कसरी परिचाल गर्ने भन्ने विषयमा पनि छलफल भएको सचिव शकर पोखरेलले जानकारी दिनुभयो ।सचिव पोखरेलले पार्टीको विधान अनुसार नै फागुन १५ सम्ममा पार्टीको महाधिवेसन गर्नेमा सबै एकमत रहेको बताउनुभयो । त्यस्तै सोमबारको बैठकले चीन भ्रमणका लागि प्रदीप ज्ञवालीको नेतृत्वमा १० सदस्यीय टोली समेत गठन गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...