अफगानिस्तानमा ४ अमेरिकी सैनिकको मृत्यु

५ असार । अमेरिकाले तालिवानसँग वार्ता गर्ने जनाएको केही समयमै अफगानिस्तानमा चार अमेरिकी सैनिक मारिएका छन् ।

उनीहरूको बग्राम हवाइ अखडामा तालिवानी लडाकुले गरेको आक्रमणमा मृत्यु भएको हो । अफगानिस्तानको राजधानी काबुलनजिकै रहेको बक्राम हवाइ अखडामा सबैभन्दा बढी अमेरिकी सेना रहने गरेका छन् । यसैबीच, तालिवानसँगको पहिलो वार्ता दोहाको कतारमा हुनसक्ने जनाइएको छ । दोहामा तालिवानीहरूले आफनो कार्यालय स्थापना गरिसकेका छन् । अमेरिकाले वार्तामा बन्दी साटासाट गर्ने विषयले प्रार्थकता पाउने जनाएको छ । तर, वार्ताको सुरुवातमा भने दुई पक्षका एजेन्डामा छलफल हुने बताइएको छ । अफगानी राष्ट्रपति हमीद करजाइले वार्तामा आफनो प्रतिनिधि पनि पठाउने तयारी भइसकेको जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...