त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजी जारी

२ असार । चितवनको कुरिनटारस्थित त्रिशुली नदीमा शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका पाँच जनाको खोजी कार्य जारी छ ।

पौडी खेल्ने क्रममा रजनी रेग्मी, लिजा रेग्मी, मोनिका रेग्मी, अस्मिता थापा र जनक रावत बेपत्ता भएका हुन् । उनीहरूमध्ये रजनी, लिजा र मोनिका दिदीबहिनी हुन् ।

अर्का बेपत्ता भएका प्रशान्त रेग्मीलाई भने उद्धार गरिएको छ । बेपत्ता भएका सबै भरतपुरका हुन् । उनीहरूको उद्धारका लागि कुरिनटारमा रहेको सशस्त्र प्रहरी र स्थानिय लागेका छन् । नदीमा पानीको बहाव बढेका कारण उद्धार कार्यमा समस्या परेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...