एसएलसी परीक्षाको नतिजा जेठ अन्तिम साता अथवा असार पहिलो साता हुने

१९ जेठ । एसएलसी परीक्षाको नतिजा जेठ अन्तिम साता अथवा असार पहिलो साता प्रकाशित हुने भएको छ ।


तोकिएको समयमा नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका जाँच्ने तथा रुजु गर्ने कार्य तीब्र रुपमा थालिएको जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा ५ लाख ४७ हजार परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षाफल दैनिक पत्रिकामा प्रकाशन नहुनेसमेत परीक्षा नियन्त्रण कार्यालयले यस अघि नै जानकारी गराइसकेको छ । एसएलसीमा सहभागी परीक्षार्थीहरुले आफ्नो परीक्षाफल हेर्नको लागि टेलिफोन, एसएमएस र बेवसाइट प्रयोग गर्न सक्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...