राष्ट्रव्यापी राष्ट्रपति रनिङ शिल्ड सुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

राष्ट्रव्यापी राष्ट्रपति रनिङ शिल्ड सुरु

Share This
२२ जेठ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा एथलेटिक्स र भलिबलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

एथलेटिक्समा छात्र र छात्रामा गरी जम्मा २५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र र छात्रामा गरी २ स्वर्णका लागि खेल हुनेछ । पाँच विकास क्षेत्रका अफिसियल ९ सहित २ सय ५ खेलाडीको सहभागिता रहनेछ । दुवै खेलमा शीर्ष तीन स्थानका लागि निश्चित अंक दिइनेछ । दुवैको अंक जोडेर समग्रमा विजेता, उपविजेता र तेश्रो हुने टोलीको चयन गरिनेछ ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार पाउनेछन् । तीनदिनसम्म चल्ने प्रतियोगिताको एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला तथा भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here