पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका ७ जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका ७ जनाको मृत्यु

Share This
२३ जेठ । ताप्लेजुङको थुकिम्बा ६ मा बुधबार राति गएको पहिरोले दुई घर बगाउँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरीएर अन्य ४ जना बेपत्ता भएका छन् । अबिरल वर्षापछि झरेको पहिरोले घरसहित पुरिँदा अष्टबहादुर शिवा, उनकी पत्नी, छोरा सलमान शिवा, बुहारी मनमाया र नातिनातिना नानीराम, नैना र खगेन्द्रको मृत्यु भएको हो ।


राति झन्डै साढे १२ बजे घर माथीबाट झरेको पहिरोले पुरिएका मध्ये तेजबहादुर सिवाको परिवारका चारजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानीय बासीको सक्रियतामा बेपत्ताको खोजिकार्य जारी रहेको छ । घटनास्थल ताप्लेजुङ सदरमुकामबाट एक दिनको पैदल दुरीमा रहेको छ ।

यसैविच सोहि पहिरोले थुकिम्बा ४ को कुबेर सिंह सावाको घर पनि बगाएको छ । सावाको आठ परिवारमा पहिरोले तीन जना घाईते भएको छन् भने पाँच जना भागेर जोगिन सफल भएको स्थानीयले बताएका छन् । घाईते मध्ये सुकमायाँ सावाको अबस्था गम्भिर रहेको छ ।

त्यस्तै ताप्लेजुङकै नाल्बु ५ मा पनि पहिरोले तुरुन्धोज नाल्बोको घर भत्काउँदा उनका ८ परिवार विस्थापित भएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here