च्याम्पियन्स् ट्रफी क्रिकेटको उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने

७ असार । लण्डनमा जारी च्याम्पियन्स् ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा श्रीलंकालाई ८ विकेटले पराजित गदै भारतले इंग्ल्याण्डसँग उपाधिका लागि भिडन्त गर्ने पक्का गरेको हो । उपाधि भिडन्त आउँदो आइरतवार बर्मिङघममा हुनेछ ।

बिहिवारको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । श्रीलंकाको इनिङमा कप्तान एन्जोलो म्याथ्यूले सर्वाधिक ५१ रनको योगदान दिए । यस्तै माहेला जयबद्र्धनेले ३८ र जीवन मेन्डिसले २५ रनको योगदान गरे ।
जवाफी ब्याटिङ गरेको भारतले १५ ओभर खेल खेल्नुअघि नै दुई विकेटको क्षतिमा जित दर्ता ग¥यो ।
भारतले ३५ ओभरमा २ विकेट गुमाएर एक सय ८२ रन जोड्दै फाइनल भिडन्त पक्का गरेको हो । भारतको इनिङमा शिखर धवनले सर्वाधिक ६८ रनको योगदान दिए । यस्तै बिराट कोहलीले नटआउट ५८ ओपनर रोहित शर्माले ३३ र सुरेश रैनाले नटआउट ७ रनको योगदान दिए ।

बलिङतर्फ भारतका रबिचन्द्र आश्विन र इसान्त शर्माले तीनरतीन तथा भुवनेश्वर कुमार र रविन्द्र जडेजाले एकरएक विकेट लिए ।

श्रीलंकाका एन्जोलो म्याथ्यू र जीबन मेन्डिसले एकरएक विकेट लिएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...