भारतमा एक भवन भत्किँदा १० जनाको मृत्यु

७ असार । भारतको मुम्बइ नजिकै तीन तल्ले भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
रातको समयमा मानिसहरु सुतीरहेको बेलामा भवन भत्केको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेहरुमा ५ बालबालिका रहेका छन् ।

उद्धरकार्यमा संलग्नहरुले २० जनाको सकुशल उद्धार गरेका छन् भने घटनामा अन्य १० जना घाइते भएका छन् । करिब ३३ वर्ष अघि निर्माण गरिएको यो भवनमा नौ परिवार बस्दै आएका थिए । प्रहरीले छानबिन सुरु गरेको बताइएको छ । मुम्बईमा गत अप्रिलमा एक भवन भत्कँदा ७४ जनाको मृत्यु भएको थियो । यो वर्षमा मुम्बइमा भवन भत्केको यो तेस्रो घटना हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...