बाढी–पहिरो पीडितलाई राहत वितरण कार्य प्रभावकारी बनाउन काँग्रेसको आग्रह

७ असार । नेपाली कांग्रेसले सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई राहत वितरण कार्य प्रभावकारी बनाउन आग्रह गरेको छ ।

शुक्रबार विहान बालुवाटरमा उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटी बाढीपहिरो पीडितलाई तत्काल राहत तथा उद्धारको काम अगाडि बढाउन आग्रह गरेको हो ।

टोलीले राहत तथा उद्धारका तत्कालीन र दीर्घकालीन योजना ल्याउन पनि सरकारसँग माग गरेको छ । टोलीले क्षतिको विवरण संगलन गरी राहत दिन र भविष्यमा हुन सक्ने सम्भावित कटान रोक्ने कार्यमा कदम चाल्न पनि ध्यानाकर्षण गराएको छ । उपसभापति पौडेलले बाढीपीडितहरूको उद्धारका लागी पार्टी र भातृसंगठनलाई परिचालन गर्ने जानकारी दिनुभयो ।

टोलीले धौलीगंगा प्रोजेक्टको कारण धनजनको क्षति भएको भन्दै भारतसंग सरकारीस्तरमा छलफल गरी समस्या समाधान गर्न पनि आग्रह गरेको छ । जवाफमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले राहत तथा उद्धार कार्य प्रभावकारी रूपमा अगाडि बढाइएको भन्दै शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले थप राहत, अल्पकालीन र दीर्घकालीन योजनाबारे निर्णय गर्ने आश्वासन दिनुभयो ।

यसैबीच, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि विहान बालुवाटार पुगेर राहत र उद्धार कार्य प्रभावकारी रूपमा अगाडि बढाउन अध्यक्ष रेग्मीलाई आग्रह गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...